काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान तीव्र | Khabarhub Khabarhub

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान तीव्र


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ। जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो। त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो। मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ। रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए।

मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन्। स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन्। यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए।

उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ। केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो। महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ। कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत–१ गोकुले र वडा नं ८ को घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए।

यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताए। “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, उनले भने। रेबिजबाट २०७७ चैतयता काभ्रेमा छ जनाको मृत्यु भएको छ। चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन। काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ। उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ। कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ५५ बजे

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ