मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्षमता खेलाडीले राख्छन्ः मन्त्री मगर « Khabarhub

मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्षमता खेलाडीले राख्छन्ः मन्त्री मगर


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– खानेपानी मन्त्री बिना मगरले नेपाली खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउनसक्ने क्षमता रहेको बताएकी छिन् ।

अखिल (क्रान्तिकारी)को आयोजनामा पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा सञ्चालन भएको ‘प्रकाश स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सोमबार समापन कार्यक्रममा मन्त्री मगरले एउटा कुशल खेलाडी आफैंमा अनुशासित र इमान्दार हुने बताइन् ।

असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि कन्स्ट्रक्सन एफसी लामाचौरले जितेको छ । लामाचौरले उपाधिसँगै रु ४० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता ब्रदर युनिटी लामाचौरले रु २५ हजार पुरस्कार प्राप्त गर्‍यो । विजेता तथा उप–विजेतालाई गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए।

काउरेस्थित खेल मैदानमा भएको सो प्रतियोगितामा ३४ टोली सहभागी थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ९ : १७ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत