मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध « Khabarhub

मनरासिस्वा नगरपालिकामा मदिरा प्रतिबन्ध


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो । 

मनरासिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीका अनुसार पालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २, ३, ५, ८, ९ र १० को सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा मदिरा उत्पादन, संकलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको छ । उनका अनुसार वडा नं १, ४, ६ र ७ मा भने सार्वजनिक तथा सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्था एवं मठ मन्दिरदेखि तीन सय मिटर क्षेत्रमा मदिरा रोक लगाइएको हो । 

नगरपालिकाले मदिरा प्रतिबन्ध लगाउनु अघि गत पुस ३० मा दशौँ नगरसभाबाट मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ पारित गरेको थियो । सोही ऐनको दफा ५ को उपदफा ६ बमोजिम नगरक्षेत्रभित्र तोकिएका छ वटा वडामा पूर्णरुपमा मन्दिरा बन्देज गरिएको हो भने चार वटा वडाको निर्धारित सीमाभन्दा बाहिर मात्रै मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पाइनेछ । सामाजिक सदभाव, सु-स्वास्थ्य, आर्थिक हित तथा सम्भावित आपराधिक घटनालाई नियन्त्रण गर्ने उद्देश्यले मदिरा प्रतिबन्ध गरिएको नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले जारी गरेको मदिरा सम्बन्धी ऐनमा उल्लेखित मापदण्ड अपनाउन मदिरा व्यवसायीलाई माघ ९ देखि १५ दिनको अल्टिमेटम दिएको छ । नियम विपरीत काम गर्नेलाई ऐनको दफा ११, १२ र १३ बमोजिम कानूनी कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए । 

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १ : ५५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा