अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउँदै | Khabarhub Khabarhub

अमेरिकी उपमन्त्री नुल्यान्ड नेपाल आउँदै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै छिन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ ।  

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् । त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

उनी ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर-आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन् ।

उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत थिइन्। उनी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियासहित वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेका छन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छिन् ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ६ : २७ बजे

कोशी बास्केटबलको उपाधि सुनसरीलाई

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी

प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत

निजामती सेवा विधेयक छिटै अघि बढ्छ : सामान्य प्रशासनमन्त्री

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

किएभ– युक्रनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा