हर्क साम्पाङ भन्छन् – ‘रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ’ « Khabarhub

हर्क साम्पाङ भन्छन् – ‘रवि नेपाली हुन की होइनन्, जनतालाई सोध्नुपर्छ’


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेदवारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्रले मान्यता नपाउने फैसला सुनाएको हो ।

कायममुकायम हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछाने निर्वाचित भएको क्षेत्र चितवन–२ को सांसद पद रिक्त भएको छ ।

उक्त फैसलापछि विभिन्न क्षेत्रका व्यक्तिले आ– आफ्नो प्रतिक्रिया दिएका छन् । यसबारे धरानका मेयर हर्क साम्पाङले रवि नेपाली भए–नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’ अर्को स्टाटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ०७ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि