‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’ « Khabarhub

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने बताए ।

सुर्खेतस्थित पत्रकार सञ्चारकर्मीहरूसँग आज वीरेन्द्रनगरमा आयोजित भेटघाटमा उहाँले अभियानमार्फत प्रतिफल प्राप्त हुने गरी काम गर्ने जनाए ।

उनले भने, “यो अभियानभित्र प्रहरीको प्रभावकारी सेवा, नागरिकलाई अनुभूति दिलाउने गरी दिइने सुरक्षा, प्रविधिको प्रयोग, लागुऔषध न्यूनीकरण, सामाजिक सञ्जालको प्रयोगको निगरानी र सचेतनामूलकलगायतका गतिविधि पर्छन् ।”

प्रहरी नायब महानिरीक्षक ढकालले कर्णालीमा देखिएको सबैभन्दा ठूलो समस्या लागुऔषध नियन्त्रण तथा न्यूनीकरणमा विशेष जोड दिने र त्यसका लागि लागुऔषध उत्पादन हुने मूल थलोमै हान्ने बताए। त्यसपछि त्यसको कारोवार तथा ओसारपसार र प्रयोग गर्नेलाई कानूनी दायरामा ल्याउने उनको भनाइ थियो ।

कर्णाली प्रदेशको शान्ति र सुरक्षाका लागि यहाँ नागरिकसँग सहकार्य गरेर जाने बताउँदै उनले सुरक्षित प्रदेश निर्माणमा प्रेस जगत्, नागरिक समाज, अधिकारवादीलगायत सबै सरोकारवालाहरूको गहन भूमिका रहेको जनाए । उनका अनुसार गृहमन्त्रालयको निर्देशनबमोजिम नागरिकको सेवामा सहजीकरण गरिनेछ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ४४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका