अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ : उपरथी कार्कीले « Khabarhub

अनुशासनले राष्ट्रिय एकता कायम हुन्छ : उपरथी कार्कीले


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले अनुशासनले नै राष्ट्रिय एकता कायम हुने बताएका छन्। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय हात्तीखोरबाट वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त कवाज समारोहमा दीक्षितलाई सम्बोधन गर्दै उपरथी कार्कीले निःस्वार्थ सेवा भावबाट सर्मपित भई देशभक्त नागरिक हुनुपर्नेमा जोड दिए । 

तालिममा सिकेका सीपले भविष्यमा आउनसक्ने चुनौतीलाई सहजरूपमा सामना गर्न सहयोगी हुने विश्वास लिएको उपरथी कार्कीले बताए।

राष्ट्रिय सेवा दलमध्ये तालिम शिक्षालय वार्षिक सामूहिक क्याम्पको अन्तिम दीक्षान्त समारोहमा सिनियर डिभिजन ९१७ ब्याजका० पाँच सय ५२ जना क्याडेट दीक्षित भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी अनिल महतले बताए ।

तालिममा ललितपुर, भक्तपुर र काठमाडौँका १६ विद्यालयका छात्र र छात्राको सहभागिता  थियो । सहभागीमध्ये उत्कृष्ट २२ जना छात्र र छात्रालाई दज्यानी चिन्हसमेत प्रदान गरिएको थियो । 

राष्ट्रिय सेवा दलको एक सय दिनको तालिममध्ये ७९ दिन विद्यालय र २१ दिन नेपाली सेनाको क्याम्पमा नै लगेर सिकाइन्छ । जहाँ सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासनसम्बन्धी विविध सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्ने शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी महतले बताए।

राष्ट्रप्रति समर्पित, राज्य संस्थाप्रति सम्मान गर्ने देशभक्त नागरिक निर्माण गर्ने उद्देश्यले २०२२ देखि राष्ट्रिय सेवा दलको स्थापना भएको हो । अहिले प्रत्येक वर्ष सात हजार सात सय राष्ट्रिय सेवा दलका क्याडेट तयार हुँदै आएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ८ : ०० बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,