खानीगाउँमा फोरजी इन्टरनेट सेवा विस्तार  « Khabarhub

खानीगाउँमा फोरजी इन्टरनेट सेवा विस्तार 


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बलेवा– जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इञ्जिनियर केशव शर्माले बताए । 

‘खानीगाउँमा एक वर्ष पहिले नै टुजी र थ्रिजीको इन्टरनेट सेवा विस्तार गरेका थियौँ’, प्रमुख शर्माले भने, ‘विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने कार्यालयको उद्देश्यअनुरूप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सञ्चालन गरेका हौँ ।’

खानीगाउँमाथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताए। उनले सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्काचामीदुवार गाउँका दुई सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।  

जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोबाइल सञ्चालन भएसँगै इन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटामार्फत् इन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढामगरले बताए । 

उनले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भरपर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताए । ‘भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोबाइल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो’, मगरले भने, ‘कुनै जानकारी, सूचना आदानप्रदान गर्न सहज भएको छ ।’

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : १६ बजे

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन

डाक्टरको प्रश्न- भारतबाट चिनी आएन, भाउ बढ्ने भो भनेर चिन्ता गर्ने की खान कम गर्ने ?    

करिब २५ सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद