घरदैलोमा सामाजिक सुरक्षा भत्ता « Khabarhub

घरदैलोमा सामाजिक सुरक्षा भत्ता


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ – आँबुखैरेनी गाउँपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो ।

पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको गाउँपालिकाले दोस्रो चौमासिकवापत कात्तिकदेखि पुससम्मको भत्ता पनि घरदैलोमा नै पुगेर वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झण्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो । चुमानले स्थानीय तह निर्वाचनका बेला आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएमा गाउँ–गाउँमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

“मैले चुनावमा जनता सामु गरेका बाचा पूरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु”, चुमानले भने, “पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रुपमा गाउँमै भत्ता पु¥याउन सकिन्छ भन्ने थियो, त्यो वाचा पूरा गर्न सफल भएको अनुभूति भएको छ ।”

टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ र ४ मा भत्ता वितरण गर्दै आएको कुमारी बैंक मर्ज भएकाले केही समयका लागि उक्त वडाका बासिन्दालाई सम्बन्धित बैंकबाट भत्ता वितरण गरिनेछ । “बैंक मर्ज भएकाले केही प्राविधिक कारणले गर्दा घर दैलोमा पुगेर वितरण गर्न सकेनौँ, केही समयपछि पुनः घरदैलोमा नै भत्ता वितरण हुनेछ”, शर्माले भने ।

आँबुखैरेनीमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र एनसिसि बैंकसँग सम्झौता गरी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ९ : ३८ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१