‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ माघ १२ गते सुरु भएको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो ।

समापन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाभित्र लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त प्रतियोगिता आयोजना गरिएको बताए। उनले हरेक विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेकोे बताए।

उक्त प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्रका ३४ सामुदायिक तथा संस्थागत विद्यालयका एक हजार नौ सय विद्यार्थीको सहभागिता रहेको थियो । फुटबल, भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्ट गरी पाँच विधामा भएको उक्त प्रतियोगितामा हिमरश्मी हाइस्कुल प्रथम भएको छ । हिमरश्मी स्कुलले १२ स्वर्ण, पाँच रजत र नौ काश्य पदक जितेको छ ।

प्रथम भएसँगै हिमरश्मी स्कुलले रु एक लाख नगदसहित शिल्ड र प्रमाणपत्र हात पारेको छ । यस्तै दोस्रो लालीगुँरास नेशनल एकेडेमी भएको छ । सो एकेडेमीले आठ स्वर्ण, चार रजत र छ कास्यपदक जितेको छ । दोस्रो भएको सो एकेडेमीले रु ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो किन्डर गार्डेन स्कुल भएको छ । सो स्कुलले पाँच स्वर्ण, दुई रजत र दुई काश्य हात पारेको छ । सो स्कुलले रु ४० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सान्त्वना एन्जल हार्ट माविले पाएको छ । सो माविले चार स्वर्ण, पाँच रजत र तीन काश्य हात पारेको छ । सान्तना पुरस्कारस्वरुप सो माविले रु २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको हो ।

‘प्रथम मेयर रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालनका लागि सो नगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको थियो । उक्त प्रतियोगितामा १८ वर्ष कम उमेर समूहका विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  १० : ३६ बजे

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित