राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक बस्दै « Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक बस्दै


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समिति बैठक डाकेको छ । पार्टीले आइतबार अपराह्न साढे ३ बजे बैठक डाकेको हो ।

बैठकमा पार्टी सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेलाई दिनेबारे पनि छलफल हुने बताइएको छ । शुक्रबार सर्वोच्च अदालतले नागरिकताका विषयमा फैसला सुनाउँदै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

यससँगै उनको पार्टी सभापति पद पनि गुमेको थियो । लामिछानेको स्थानमा पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापति तोकेको थियो ।

उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र लिइसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ३ : १९ बजे

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध