हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या « Khabarhub

हिमपातका कारण खाद्यान्न ढुवानीमा समस्या


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । बुधबार भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।

यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ । हिमपातका वडा नं १ देखि ५ सम्म बाटो अवरुद्ध भएको थियो । खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ । सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ ।

बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन् । खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ४ : ५० बजे

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा – यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली

मन्त्रीहरूमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ २०७९ को

बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ

ढाका – बङ्गलादेशले एक संदिग्ध आतङ्ककारी र दुई पूर्व सैनिकको