पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु « Khabarhub

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आजदेखि ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना भएको मार्टमा भारतको ट्राभल एजेन्ट्स एशोसिएशन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टूर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको छ । भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गत वर्षदेखि वेस्टर्न ट्राभल मार्टको सञ्चालन गर्दै आइरहेको छ ।

पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य छ । मार्टलाई विशेष बनाउने गरी कर्णाली, लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य, कला संस्कृतिलाई प्राथमिकतामा राखिएको छ ।

मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि लिएर यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्त्वयको भ्रमण गराउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा र्‍याफ्टिङ, रारा यात्रा, माउण्टेन फ्लाइट गराइने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिनसक्ने भएकाले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभर चिनाउने लक्ष्य रहेको पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत कैलाश मानसरोवरको दूरदर्शन, बागेश्वरी मन्दिरमा आरती पनि शुभारम्भ गरिने भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ०५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले