फाल्गुणा दहालको संस्मरणात्मक कृति ‘सम्झनामा’ सार्वजनिक « Khabarhub

फाल्गुणा दहालको संस्मरणात्मक कृति ‘सम्झनामा’ सार्वजनिक


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति सम्झनामा सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुंक्‍त रूपमा विमोचन गरेका छन् ।

मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्‍याए मात्रै शहीद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धी ऐनमा समस्या भएको थाहा भएको बताउँदै समस्या समाधान गर्न लाग्ने उनको प्रतिवद्धता थियो ।

कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताए । 

मदन पुरस्कार विजेता रामलाल जोशीले सहिदको सहादातको स्मरणमा हुने समारोहहरूले जिम्मेवारहरूलाई खबरदारी गर्ने बताए । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश बहादुर नेपाली र स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : २८ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर