फाल्गुणा दहालको संस्मरणात्मक कृति ‘सम्झनामा’ सार्वजनिक « Khabarhub

फाल्गुणा दहालको संस्मरणात्मक कृति ‘सम्झनामा’ सार्वजनिक


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सहिद दिवस २०७९ तथा साहित्यकार फाल्गुणा दहालको संस्मरण विधाको कृति सम्झनामा सुदूरपश्चिम सरकारका मन्त्री सन्तोष शर्मा थापा, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी र उपन्यासकार श्रेष्ठ प्रिया पत्थरले सयुंक्‍त रूपमा विमोचन गरेका छन् ।

मन्त्रीले शर्माले सहिदको बलिदान र सपना अनुकूल देशमा तल्लो तप्कासम्म विकास पुर्‍याए मात्रै शहीद प्रति सच्चा सम्मान र श्रद्धाञ्जली हुने बताए । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धी ऐनमा समस्या भएको थाहा भएको बताउँदै समस्या समाधान गर्न लाग्ने उनको प्रतिवद्धता थियो ।

कृतिको समीक्षा गर्दै श्रेष्ठ प्रिया पत्थर र मनिराज जोशीले दहालको कृतिमा बाल्यकाल देखिका रोचक स्मरणीय घटनाहरूको सुन्दर चित्रण भएको बताउँदै सम्झनामा कृति पढ्दा सिर्जनात्मकताको विकास हुने बताए । 

मदन पुरस्कार विजेता रामलाल जोशीले सहिदको सहादातको स्मरणमा हुने समारोहहरूले जिम्मेवारहरूलाई खबरदारी गर्ने बताए । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश बहादुर नेपाली र स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : २८ बजे

प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती