चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने विश्व बैंकको पूर्वानुमान « Khabarhub

चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने विश्व बैंकको पूर्वानुमान


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने पूर्वानुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२२ मा चीनको अर्थतन्त्र २ दशमलब ७ प्रतिशतले मात्र वृद्धि भएको विश्व बैंकको प्रारम्भीक अनुमान छ ।

चीनले सन् २०२२ मा ८ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरेको थियो । त्यसैगरी सन् २०२३ मा पनि चीनको अर्थतन्त्र केबल ४ दशमलब ३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ ।

चीनको उत्पादन क्षेत्र कमजोर बन्दै गएकाले अर्थतन्त्रमा दबाब उत्पन्न भएको बताइएको छ । यसअघि चीनले लागू गरेको कठोर शून्य कोभिड नीतिका कारण उपभोक्ताको खर्चमा कटौती भएको थियो । यसबाट पनि चीनको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

लगानी, कम खर्चमा उत्पादन एवम् निर्यातलगायतका कारण हालसम्म उच्च रहँदै आएको चीनको आर्थिक वृद्धि उच्चतम विन्दुमा पुगिसकेको भन्दै विश्व बैंकले यसबाट आर्थिक, सामाजिक एवम् वातावरणीय असन्तुलन उत्पन्न भएको उल्लेख गरेको छ ।

यसलाई सन्तुलनमा ल्याउनका लागि चीनले आफ्नो अर्थतन्त्रको स्वरुपलाई उत्पादनबाट सेवा एवम् लगानीबाट उपभोगमा परिमार्जन गर्नुपर्ने जनाएको छ ।

अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टका अनुसार चीनमा घट्दो जन्मदर र यससँगै श्रम बजार पनि घट्दै गएको छ । सोही कारण चीनको उत्पादकत्वमा पनि नकारात्मक प्रभाव परिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : ४० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग