अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु « Khabarhub

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

विद्युत्गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा मङ्गलबार राति ३ बजे सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो ।

सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुई मजदुरसमेत घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

घाइते सिन्धुपाल्चोकका मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातखुट्टा र कुममा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइसकेका छन् । परियोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

नेपाललाई २१ दशमलव नौ प्रतिशतअर्थात् एक सय ९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क प्राप्त हुने सो आयोजनाबाट विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी रु तीन खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ०९ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा