निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी « Khabarhub

निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भण्डारी


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको १३औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रलाई माथि उठाउने गरी आफू गम्भीरताका साथ लागि परेको बताए । नेपालको अर्थतन्त्र यति बेला सङ्कुुचनमा आएको बताउँदै व्यापार घाटा थाम्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

सरकारले आफ्ना २१ बुँदे कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै उनले एक साताभित्र आफ्नो मन्त्रालयले पनि कार्ययोजना निर्माण गर्ने जानकारी दिए । यसमा उद्योग वाणिज्य क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा उद्योगलाई माथि उठाउने गरि बजेट विनियोजनमा जोड दिइने बताए। निजी क्षेत्रको अभिभावक नपाएको गुनासो बढेको भन्दै मन्त्री भण्डारीले ती गुनासोलाई सम्बोधन पहिलो प्राथमिकता रहेको पनि प्रतिबद्धता जनाए ।

कपिलवस्तु जिल्लामा उद्योगको सङ्ख्या धेरै रहेकाले अहिले जटिल समयमा उद्योगलाई बचाउनुपर्नेमा उनको जोड थियो । धार्मिक तथा पर्यटकीय हिसाबले पनि कपिलवस्तु जिल्ला ऐतिहासिक रहेकाले यहाँ रहेका स्थलमा पर्यटकलाई आकर्षित गराउनुपर्ने उनको भनाइ थियो।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, वेशभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए। ‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सव माघ २९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ०६ बजे

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा

बालेनबारे हिक्मत कार्कीको टिप्पणी : राजनीति प्रतिस्पर्धा हो, प्रतिशोध होइन

झापा- कोशी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव हिक्मत कार्कीले

कांग्रेसको घोषणापत्रमा सुशासन र विकास प्राथमिकतामा राखिने

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

‘भिजन–१०’ सहित सुशासन र विकासलाई प्राथमिकता दिएर घोषणा पत्र ल्याउँदै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’

आफैं विवादमा परेकी महान्यायाधिवक्ताले युवराज सफललाई पक्राउ गर्न लगाइन्

काठमाडौं- सामाजिक सञ्जालमार्फत तथ्यहीन अभिव्यक्ति र गालीबेइज्जती गरेको आरोप लगाउँदै