जवाहिरीको मृत्यु भएपछि कसले गरिरहेको छ अल कायदाको नेतृत्व ? « Khabarhub

जवाहिरीको मृत्यु भएपछि कसले गरिरहेको छ अल कायदाको नेतृत्व ?


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सुरक्षा बलको कारवाहीमा परी गत वर्षको जुलाई महिनामा आतंकवादी संगठन अल कायदाका प्रमुख आयमन अल जवाहिरीको मृत्यु भएको थियो । त्यसयता उक्त संगठनको नेतृत्व कसले गरिरहेको छ भन्ने अझै स्पष्ट हुन सकेको छैन ।

अमेरिकाको राष्ट्रिय प्रतिआतंकवाद केन्द्रकी निर्देशक क्रिस्टियान अबिजइदले अल जवाहिरीको स्थानमा अल कायदाको नेतृत्व कसले गरिरहेको छ भन्ने अझै स्पष्ट नभएको बताएकी छिन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क सहरस्थित जुम्ल्याहा भवनमा भएको आक्रमणका योजनाकार समेत मानिने जवाहिरीको अमेरिकी सेनाको कारवाहीका क्रममा अफगानिस्तानमा मृत्यु भएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले अफगानिस्तानको शासन हातमा लिएपछि मात्र अफगानिस्तान प्रवेश गरेका जवाहिरी त्यसअघि पाकिस्तानमा लुकेर बसेको बताइन्छ ।

यसअघि गत डिसेम्बर महिनामा अल कायदाले जवाहिरीले सम्बोधन गरेको ३५ मिनेट लामो भिडियो जारी गरेको थियो । यद्यपि उक्त भिडियो कुन मितिमा खिचिएको भन्नेबारे अझै अन्यौल रहेको छ ।

प्रतिआतंकवाद विज्ञहरु भने जवाहिरीको स्थानमा हाल इजिप्टमा जन्मेका सैफ अल अदेलले अल कायदाको नेतृत्व गरिरहेको हुनसक्ने बताउँछन् ।

अल कायदामा संलग्न हुनुअघि इजिप्टेली सेनाको विशेष फौजमा काम गरेका सैफ अल आदेलबारे खासै धेरै सूचना बाहिर नआएकाले उनलाई रहस्यमयी छविका व्यक्तिका रुपमा लिइन्छ ।

उनीबारे सूचना दिने व्यक्तिलाई अमेरिकाले १ करोड डलरको इनाम घोषणा गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ५७ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष