गृहमन्त्री विवाद : प्रधानमन्त्री प्रचण्डसँग भेट्न ओली बालुवाटारमा  « Khabarhub

गृहमन्त्री विवाद : प्रधानमन्त्री प्रचण्डसँग भेट्न ओली बालुवाटारमा 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ।

मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए।

नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।

लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै उनलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका ओली बुधबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगेका हुन्। ओलीसँगै राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन्।

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच समसामयिक राजनीतिकसहितका विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो।

साथै उनीहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ११ : ३८ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर