बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा | Khabarhub Khabarhub

बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरूको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

अहिले ती किसानहरू मन्त्रालय धाइरहेको र सरकारले केवल आश्वासनको भरमा टारिरहेको उनको आरोप छ । ‘सयौंका संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसान हुन् जसले बैकबाट ऋण लिएर साना-साना कुखुरा फार्म चलाएका छन् । 

बर्डफलूको जोखिम न्यूनीकरणका लागि सरकारको निर्णयबाट तिनीहरुको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दै तर दिँदैन झुलाउँछ । किन कि सरकारलाई भ्याइनभ्याई छ । बैंकले उनीहरुलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’ उनले संसद्मा प्रश्न गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : २५ बजे

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १० गते मंगलबार। असार कृष्ण

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण