बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा « Khabarhub

बैंकको ऋणले थिचिएका किसानले अप्रिय निर्णय नगरेसम्म कुर्ने हो ?- गगन थापा


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले सरकारले किसानलाई क्षतिपूर्ति बापत दिनुपर्ने रकम नदिएको भन्दै आपत्ति जनाएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले बर्डफ्लू न्यूनीकरणका लागि सरकारले किसानहरूको कुखुरा फर्म नष्ट गर्दा दिनुपर्ने निर्णय गरेको ५८ करोड नदिएको भन्दै आपत्ति जनाएका हुन् ।

अहिले ती किसानहरू मन्त्रालय धाइरहेको र सरकारले केवल आश्वासनको भरमा टारिरहेको उनको आरोप छ । ‘सयौंका संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन् । यी तिनै किसान हुन् जसले बैकबाट ऋण लिएर साना-साना कुखुरा फार्म चलाएका छन् । 

बर्डफलूको जोखिम न्यूनीकरणका लागि सरकारको निर्णयबाट तिनीहरुको कुखुरा फार्म नष्ट गरियो । नियमअनुसार किसानले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दै तर दिँदैन झुलाउँछ । किन कि सरकारलाई भ्याइनभ्याई छ । बैंकले उनीहरुलाई अठ्याउँछ । मेरो सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो ?’ उनले संसद्मा प्रश्न गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : २५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील