प्रहरी चौकीमा हमलाको प्रयासलाई असफल तुल्यायौँ : पाकिस्तानी प्रहरी | Khabarhub Khabarhub

प्रहरी चौकीमा हमलाको प्रयासलाई असफल तुल्यायौँ : पाकिस्तानी प्रहरी


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी सुरक्षा अधिकारीले पञ्जाब प्रान्तको प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याइदिएको बताएका छन् ।

पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यराततिर ठूलो सङ्ख्यामा आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।

मध्यरातमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पन्जाब प्रान्तको प्रहरीले जनाएको छ ।

पन्जाब प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्‍याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए ।

सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास भएको र प्रहरीले उक्त प्रयास पनि यसैगरी असफल तुल्याएको जनाइएको छ । त्यसैले यस पटक आतङ्ककारीहरु ठूलो संख्यामा आएका बताइएको छ ।

रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ४ : ४८ बजे

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ