अनेरास्ववियुको महाधिवेशनमा भोटिङ मेसिन प्रयोग हुने « Khabarhub

अनेरास्ववियुको महाधिवेशनमा भोटिङ मेसिन प्रयोग हुने


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण भोटिङ मेसिन प्रयोग हुने भएको छ ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र राम लक्षण इनोभेसनका निर्देशक लक्ष्मण रिमालबीच नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान उपकरण प्रयोग गर्ने सम्झौता भएको छ । अनेरास्ववियु अध्यक्ष बरालले महाधिवेशनलाई काजगविहीन बनाउनका लागि विद्युतीय मतदान उपकरणको प्रयोग गर्न थालिएको जानकारी दिइन् ।

अनेरास्ववियुले यसअघि महाधिवेशनमा भित्तेलेखन नगर्ने निर्णय गरेको छ । उनले सकभर सहमतिमा नेतृत्व टुङ्ग्याउने प्रयास भइरहेको र निर्वाचन गर्न आवश्यक परेका खण्डमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने बताइन् । एक सय ९९ कार्यसमिति, लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोग गरी कूल दुई सय ४४ पदका लागि निर्वाचन हुनेछ ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् । महाविधेशन लागि यही माघ २४ गतेसम्म प्रतिनिधि छनोट गरिसक्नुपर्ने हुन्छ । अनेरास्ववियुको महाधिवेशन यही फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

राम, लक्ष्मण इनोभेसनका सञ्चालक रिमालले निर्वाचनमा ५० वटा भोटिङ मेसिन प्रयोग गर्ने बताए । उनले निर्वाचनअघि भोटिङ मेसिनमा नमूना मतदान गरेर सिकाइनेसमेत जानकारी दिए । इनोभेसनले यसअघि एक सय ११ वटा विद्युतीय मतदान उपकरण प्रयोग गरी मतदान गरिसकेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ४८ बजे

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक