जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण « Khabarhub

जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पतालका डाइबेटिक रेटिनोप्याथीका बिरामीका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थिति आज अस्पतालमा आयोजित समारोहमा उक्त उपकरण हस्तान्तरण गरिएको हो ।

जापान सरकारको ‘ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट’ जिजिपीको करिब एक लाख ५४ हजार एक सय अमेरिकी डलर अनुदान सहयोगमा उक्त चिकित्सा उपकरण जडान गरिएको हो । जिजिपी तल्लो तहका सामुदायको सामाजिक–आर्थिक विकासमा जनतालाई प्रत्यक्ष लाभ हुनेगरी स्थापना गरिएको परियोजना हो ।

सो अवसरमा राजदूत किकुताले उक्त परियोजनामा संलग्न सबैको प्रयासको प्रशंसा गर्दै उचित चिकित्सा उपकरण नहुँदा बिरामीलाई आवश्यकताअनुसार निदान र उपचार गर्न नसकिने उल्लेख गरे ।

उनले डाइबेटिक रेटिनोप्याथीबाट पीडित व्यक्ति नेपालको ठूलो रोगबाट पीडितमध्ये एक भएको र त्यस्ता व्यक्तिलाई परियोजनाद्वारा प्रदान गरिएको चिकित्सा उपकरणले राम्रो चिकित्सा सेवा प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले यस परियोजनाको सहयोगले नेपालमा स्वास्थ्य सेवाको विकासमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा दुई देशबीच थप आदानप्रदानमा हुनेसमेत बताए । राजदूत किकुताले सो अवसरमा नेपालले जापानमा पहिलो पटक आठ विद्यार्थी अध्ययनका लागि पठाएको सन् २०२२ मा १२०औँ वार्षिकोत्सव मनाउन पाउँदा खुसी व्यक्त गरे ।

दूतावासले यो सहयोगले अस्पतालमा आउने बिरामीलाई थप सहयोग पुग्ने र यसले नेपाल र जापानका जनताबीचको मित्रतालाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरेको छ । कीर्तिपुर आँखा अस्पताल नेपाल नेत्र ज्योति सङ्घद्वारा स्थापना भएको हो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ४२ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र