कुनैपनि हालतमा गृहमन्त्रालय नछाड्ने रास्वपाको अडान « Khabarhub

कुनैपनि हालतमा गृहमन्त्रालय नछाड्ने रास्वपाको अडान


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकअघि रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए । दुवै नेताले फोनमा सरकार छाड्ने निर्णय हतारमा नलिन आग्रह गरेका थिए । उनीहरुले दुई दिन समय मागे प्रवक्ता डा मुकुल ढकालले बताए । त्यसै अनुसार वैठकले निर्णय लिएको छ ।

यस्तै प्रवक्ता डा. ढकालले गृह मन्त्रालय पार्टीले कुनै हालतमा नछाड्ने बताए । साथै, आफूले पाएको मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय पार्टीमै निहित रहने उनको भनाइ छ । गृहमन्त्रीमा कसलाई पठाउने भन्ने पार्टीले निर्णय लिइनसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ३६ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ