पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खैबर पख्तुनख्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत सिन्धु राजमार्गमा दुई सवारी एक आपासमा ठोक्किन पुगेको जनाइएको छ । सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको हो । विपरीत दिशाबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

पाकिस्तानमा बारम्बार सवारी दुर्घटना हुँदै आएको छ । सडकको अवस्था एवं सवारी चालकहरुको लापरवाहीका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ०४ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि