सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना « Khabarhub

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको जापानी प्रसारक एनएचके वर्ल्डले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनुलाई दुई देशबीच विद्यमान सुमधुर सम्बन्ध नवीकरणको प्रतीक भएको बताएका छन् । सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।

“आज हामीले होनियारा सोलोमन टापुमा संयुक्त राज्य अमेरिकाको दूतावास खोलेका छौँ, हामीले दूतावास स्थापना गर्ने चाहनाबारे घोषणा गरेको एक वर्षभन्दा कम समयमै त्यो पूरा भएको छ । यसबाट हाम्रो सम्बन्ध नविकृत भएको छ, यसले हाम्रो द्विपक्षीय सम्बन्धप्रतिको प्रतिबद्धता झल्काउँछ । सोलोमन टापुका जनता तथा एशिया–प्रशान्त क्षेत्रमा हाम्रो साझेदारी बढाउन सहज हुनेछ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम् साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ । जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दैै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँको साझेदारी प्रवद्र्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ४ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै