विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजानेछाैँ : मन्त्री खनाल « Khabarhub

विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजानेछाैँ : मन्त्री खनाल


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका छन्। गोदावरी नगरपालिका–११ बज्रबाराहीस्थित ज्योतिदय सहकारी माध्यमिक विद्यालयको रजत जयन्ती समारोहमा मन्त्री खनालले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी संसद्मा रोकिएको शिक्षा ऐन अगाडि बढाउने बताएका हुन् । ।

“ संविधानको परिकल्पना अनुसार हामीले विद्यालय शिक्षालाई रुपान्तरणको बाटोमा लैजाने गरी काम गर्नु आवश्यक छ”, मन्त्री खनालले भने । उनले अहिलेको शिक्षा पद्धतिले वर्ग विभाजन गरेको छ भन्दै यसलाई हामीले बेलैमा ध्यान दिएर सबैलाई समानरुपले शिक्षा हासिल गर्न पाउने वातावरण सृजना गर्नुपर्ने बताए । सार्वजनिक, नीजि र शैक्षिक गुठीबाट सञ्चालित तीनैथरी विद्यालयलाई एउटै दृष्टिबाट हेर्ने परम्पराको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद उदय शम्शेर राणाले शिक्षा क्षेत्रको विकासमा व्यक्ति र पार्टीगतरुपमा सकरात्मक भूमिका निर्वाह गर्ने बताए। सांसद राणाले भने, “निजी, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालित विद्यालयलाई एउटै आधारमा हेरिनु हुँदैन, सरकारी र शैक्षिक गुठीमार्फत सञ्चालन भएका विद्यालयलाई मिलाएर मापदण्ड कायम गर्नु जरुरी छ । सरकारी अनुदानको व्यवस्था हुनु आवश्यक छ ।”

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ३६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६