आफूखुसी बजेट बनाउने कार्य गलत हो : अर्थमन्त्री पौडेल | Khabarhub Khabarhub

आफूखुसी बजेट बनाउने कार्य गलत हो : अर्थमन्त्री पौडेल


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग आज साँझ भैरहवामा छलफल गर्दै उनले भने, “औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तरण गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउदैछौँ । अर्को वर्षदेखि बजेट रकामान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउछौँ ।”

उनका अनुसार सङ्घ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आवको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । उनले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट गरे ।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरे । उनले भने, “हामी धेरै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ । राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५÷२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।”

पौडेलले अन्तर्राष्ट्रिय सहयोगका कार्यक्रम तथा योजना पूरा गर्नेतर्फ ध्यान नदिँँदा ती आयोजना पूरा नभएको, शर्त कार्यान्वयन नभएको उल्लेख गर्दै विदेशी दातृ निकायले दिने सहयोगमा पनि अफ्ठ्यारो भइरहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय दातृ निकायले दिएको पैसा खर्च गर्नुस् न पहिले भन्छन् तर हामी त्यता ध्यान दिदैनौँ, गरिएका शर्त पालना गर्दैनौँ अनि कहाँबाट सहयोग आउँछ ।”

मन्त्री पौडेलले बजेट बनाउँदा औचित्य र आवश्यकताका आधारमा बनाउन पनि कार्यालय प्रमुखहरूलाई आग्रह गरे । उनले सङ्घीय सरकारले सङ्घीय महत्त्वको, प्रदेशले प्रादेशिक महत्त्वको र पालिकाले स्थानीय महत्त्वको योजनामा ध्यान दिनुपर्ने बर्ता।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ३४ बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय