पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज « Khabarhub

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -पटक-पटक सरेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी आज शनिबार बस्ने भएको छ।

समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक आज दिउँसो १ बजे बोलाइएको हो।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार दिउँसो ३ बजेको बैठक पनि बस्न नसके पछि शनिबारलाई सारिएको थियो।

बैठकले मुख्यतः रास्वपासँगको बिबाद र केन्द्रीय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ४६ बजे

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु