एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो उद्घाटन गर्नेछन् ।

अध्यक्ष नेपालले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन र महासचिव डा बेदुराम भुसालले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनमा बैठकमा छलफल गरिने छ ।

उक्त प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

सरकारको कार्यशैली मूल्याङ्कन, संसद्मा पार्टीको थप प्रभावकारी भूमिका, जनजीविकाका साथै पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गरिने छ । बैठकले आवश्यकताअनुसार केन्द्रीय नेताको जिम्मेवारी हेरफेरसमेत गर्नसक्ने जनाइएको छ । सङ्गठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको पार्टीले सङ्गठन निर्माणलाई जोड दिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : १२ बजे

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४