आइएफआरसीका महासचिव चापागाईँ नेपालमा « Khabarhub

आइएफआरसीका महासचिव चापागाईँ नेपालमा


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईं चारदिने भ्रमणका लागि यहाँ आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उनलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले स्वागत गरे । 

 सन् २०१९ डिसेम्बर ३ मा २९ देश सहभागी ‘स्पेशल गभर्निङ बोर्ड’ को बैठकले चापागाईंलाई सर्वसम्मत रुपमा महासचिव पदमा चयन गरेको थियो । सन् २०२० फेब्रुअरी १ देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उनले यसअघि सन् २०२२ फेब्रुअरी १ मा  नेपालको भ्रमण गरेका थिए । आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्ने चापागाईं पहिलो नेपाली हुन् ।

महासचिव चापागाइँले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि विश्वव्यापी सहयोग  निरन्तर जारी रहेको बताए। ‘विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपतकालीन परिस्थिति पूर्व, परिस्थितिको अवधि तथा परिस्थिति पछाडि संकटासन्न नागरिकका आवश्यकता पूर्ति गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने कार्य जारी छ’, उनले भने। आइएफआरसी मानवीय सेवाका क्षेत्रमा कार्यरत सर्वोच्च परोपकारी संस्था हो ।

भ्रमणका क्रममा महासचिव चापागाईंले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीले गरिरहेका मानवीय सेवाका गतिविधिबारे जानकारी लिनुहुने यहाँस्थित आइएफआरसीले जनाएको छ । उनी आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५  स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुने छन् । 

साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रमलाई उनले सम्बोधन गर्ने छन् । भ्रमणका क्रममा चापागाईँले राजनीतिक नेतृत्वसँग समसामयिक विषयमा छलफलसमेत गर्ने बताइएको छ । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार प्राकृतिक तथा मानव सिर्जित र जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणमा निरन्तर मानवीय सहायता पुर्‍याउने गर्दछ ।      

कोभिड-१९ बाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दीका बाबजुद पनि महासचिव चापागाईँले संकटासन्न समुदायलाई मानवीय सहायता पुर्‍याउन निर्वाह गरेको कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।

 विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । स्वीट्जरल्याण्डको जेनेभामा सचिवालय रहेको आइएफआरसीमा करिब एक करोड ५० लाख स्वयंसेवक सङ्गठित रहनुका साथै यसले सदस्य देशलाई स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १ : ५० बजे

घरजग्गा र सेयरबजारमा गरिने लगानीले अर्थतन्त्रलाई गति दिन सक्दैन : थापा

काठमाडौं– नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले आगामी

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा– ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा

विपद्का घटनामा परी एकैदिन ७ जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा  देशभर विभिन्न प्रकारका विपद्जन्य घटनामा परी

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली– कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी