कपाल हेरचाहका ३५ घरेलु उपाय | Khabarhub Khabarhub

कपाल हेरचाहका ३५ घरेलु उपाय

कपाल झरेमा प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन ‘सी’ र ‘बी’ युक्त खानेकुरा खानुपर्छ



काठमाडौं – बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने समस्याबाट ग्रसित छन् । कपाल झर्नुका कारण धेरै मानिस तालुपनको सिकार हुन्छन् । यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ ।
कपाल झर्नबाट जोगाउन मानिस विभिन्न उत्पादन प्रयोग गर्छन् । तर यी उत्पादनमा केमिकल हुन्छन् । जसले कपाललाई हानी पुर्याउन सक्छ । यस्तो अवस्थामा कपाल झर्न समस्या रोक्न चाहनुहुन्छ भने केही घरेलु उपाय अपनाउनुपर्छ । बुँदागत घरेलु उपायलाई तल उल्लेख गरिएको छ :
कपालको हेरचाहमा घरेलु ३५ उपाय
– नुहाएपछि टाउकोमा घ्युकुमारी लगाउने र १५ मिनेटपछि धुने । हप्तामा तीन पटक यसो गर्नाले कपाल झर्ने क्रम रोकिन्छ ।

– पानीमा निमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी चिसो भइसकेपछि कपाल धुनाले कपाल बलियो हुन्छ । निम पानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।

– राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने । कपालको जरासम्म लगाउने । यसरी लगाएपछि ४० मिनेट पर्खेर कपाल धुने । यसो गर्दा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।

– प्याज पिसेर यसको रस निकालेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।

– ग्रीन टीको दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई चिसो बनाउने । त्यसपछि सेलाएको चिसो पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।

– अण्डाको सेतो भाग कपालको जरासम्म पुग्नेगरी लगाउने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ र कपाल नरम र मुलायम हुन्छ।

– कपाल झर्ने समस्या भएका व्यक्तिले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

– समय समयमा मेहदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।

– कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनु उपयुक्त हुन्छ ।

– निम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस्। दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि यसले सहयोग गर्छ ।

– कागतीको बीउलाई पिसेर कपाल खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छ।

– कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।

– कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई विस्तारै–विस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।

– कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।

– कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा मिसाएर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस्।

– लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोकिन्छ।

– काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ।

– मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। त्यो लेप टाउकोमा लगाउनुहोस्।

– एक सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यस पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन् साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस्।

– अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।

– बन्दाको रसले यदि निरन्तर टाउको मालिस गर्नाले कपाल खुइलिने, कपाल टुक्रिने, कपाल झर्ने आदि समस्याबाट बच्न सकिन्छ।

– खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन्।

– टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ नियमित दुई महिनासम्म कागती रगड्नुहोस्। यसो गर्नाले कपाल उम्रिनेछन्।

– नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ।
– केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ।

– मौसम परिवर्तन हुँदा यदि कपाल झर्न थाल्छ। यसो हुँदा ताजा सयपत्रीका पात मिचेर १/२ घण्टासम्म लगाएर धुनुहोस्।

– हप्तामा एक या दुई पटक आधा कचौरा दहीमा एउटा कागती निचोरेर कपालमा लगाउनुहोस्। त्यसपछि कपाल पखाल्नुहोस्। यसो गर्दा कपालका जरा बलिया हुन्छन्।

– एक कागतीको रस, आधा कचौरा तेलमा मिलाएर सुत्ने बेला कपालमा लगाउनुहोस्, बिहान कपाल पखाल्नुहोस्। रुखोपन हट्छ र कपाल झर्न बन्द हुनेछ।

– महमा कागतीको रस मिलाएर कपालको जरामा लगाउनुहोस्। आधा घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म हप्तामा दुई पटक यसो गर्दा कपाल झर्न रोकिनेछ।

– काँक्राको रस खुइलिएको भागमा लगाउनुहोस्, नयाँ कपाल उम्रिन थाल्नेछ।

– दुई ठूलो चम्चा दाना मेथी पानीमा रातभर भिजाएर राख्नुहोस्। बिहान मसिनो पिसेर कपालमा आधा घण्टा लगाउनुहोस्। यसबाट कपाल झर्न कम हुन्छ र सुक्खापन हट्छ।

– भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ।

– एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ।

– कपाललाई झर्नबाट रोक्न बाफ दिइरहनुपर्छ।

– तुलसीका बीउलाई बेल या नीमका पातसँग उमालेर, त्यो पानीले कपाल धुनाले लाभ हुन्छ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : २६ बजे

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी

मुखमा कालो टेप टाँसेर सडकमा दुर्गा प्रसाईंका समर्थक (तस्बिरहरू)

काठमाडौं- बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ