सत्ता साझेदार दललाई रविको धम्की- ‘आज जनतासँग सिधा कुरा गर्छु’ « Khabarhub

सत्ता साझेदार दललाई रविको धम्की- ‘आज जनतासँग सिधा कुरा गर्छु’


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता साझेदार दलहरुलाई धम्की दिएका छन् ।

आफू गृहमन्त्रालयमा फर्कने प्रयास असफल भएपछि उनले आज पार्टीको बैठकबाट ठोस् निर्णय लिने चेतावनी दिएका हुन्।

सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारीसमेत दिएका हुन्।

यसअघि बिहीबार उनले आफू अभिमन्यू नभएको भन्दै सरकारबाट बाहिरिने संकेत गरेका थिए। त्यसपछि बोलाइको पार्टीको बैठकअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनको समय मागेका थिए।

अल्टिमेटम सकिएको भोलिपल्टसम्म कुनै जानकारी नआए पछि पार्टीको बैठक राखेर आवश्यक निर्णय लिन लागिएको सभापति लामिछानेको भनाइ छ।

सामाजिक सञ्जालमार्फत लामिछानेले जनतासँग सिधा कुरा नगरेको धेरै भएको भन्दै देश तथा विदेशमा रहने सबैलाई पत्रकार सम्मेलन हेर्न आग्रह गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ’, रविले लेखेका छन्।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ३३ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु