विषादी जाँचको माग गर्दै नेविसंघले आज पनि गर्‍यो प्रदर्शन « Khabarhub

विषादी जाँचको माग गर्दै नेविसंघले आज पनि गर्‍यो प्रदर्शन


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्यार्थी सङ्घले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न माग गर्दै आज पनि प्रदर्शन गरेको छ ।

विषादी जाँच गर्न नपर्ने भन्ने सरकारको निर्णयको विरोध गर्दै नेविसङ्घले त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

नेविसङ्घका दीपक भट्टराईले विदेशीलाई खुशी बनाउनका लागि नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने बताए । ‘विषादी तरकारी र फलफूल जाँच नगरी ल्याएर सरकारले जनताको आयु घटाउन खोजेको छ’, उनले भने ।

कल्पना खड्का, आरसी भट्टराई, सुनिता पोखरेल, मनोज वैद्य, लिलाबल्लभ दाहाल ‘काका’लगायत विद्यार्थी नेताले भारतबाट निर्यात हुने तरकारी तथा फलफूलमा विषादी हालेको पाइए पनि सरकारले बिनाजाँच आयात गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेकाले तत्काल उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : ३७ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले