तेल, मैदा र चिनी कम गरे धेरै रोगबाट बच्न सकिन्छ | Khabarhub Khabarhub

तेल, मैदा र चिनी कम गरे धेरै रोगबाट बच्न सकिन्छ

'हामी जस्तो खान्छौँ, त्यस्तै शरीर हुन्छ'



स्वस्थ शरीरका लागि स्वस्थ खाना खानु पर्दछ। हामी के र कस्तो खान्छौँ भन्ने मात्र नभई कसरी खान्छौँ भन्ने कुराले समेत निकै महत्त्व राख्दछ। कस्तो खाना खाँदा हाम्रो स्वास्थ्य र निरोगी हुन्छ ? खानपानमा कसरी ध्यान दिने ? यी र यस्तै विषयमा आधारित भएर खबरहबका लागि डा. जनक बस्नेतसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : :

कस्तो खानाले स्वास्थ्यमा समस्या निम्त्याउँछ ?
जीवनको आधार नै खाना हो। हामी जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिँदा मधुमेह, मुटुको रोग, ग्यास्ट्रिक, कोलेस्ट्रोल जस्तो रोगहरू लाग्छ। खानमा बढी ध्यान नदिँदा नै धरै रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटेलका खाना लामो समयसम्म प्याकिङ गरेका खाना खानाले धेरै रोग लाग्छन्।

बाध्यताले बाहिर खाना खानै परे कस्तो खाना खाने त ?
बाहिर हिँड्दा पनि हामीलाई भोक लाग्छ र खाना खानु पर्ने हुन्छ। सुख्खा खाना, (काजु किसमिस छोकडा) बोक्रा फालेर खाने कुराहरू चनाहरू खान सकिन्छ। तर हाम्रो म:म, चाउचाउ खाने बानी भइसकेको छ। हामीले स्वस्थ खाना खान खोज्यौं भने प्रशस्तै पाउँछौँ।

स्वस्थ खाना खानको लागि कस्तो खाना खानै पर्ने हो ?
खाना के खाने र के न खाने भन्ने कुरा जान्नु आवश्यक छ। कति मात्रामा खाने कुन समयमा खाने त्यो कुराले पनि हाम्रो स्वास्थ्यमा असर पारेको हुन्छ।, त्यसैले खाना एकदमै राम्रो छ तर त्यसलाई खान जानिएन र ठिक समयमा खाएन भने स्वास्थ्यमा प्रतिकुत असर गर्न सक्छ। सकेसम्म प्रकृतिले नै दिएको प्राकृतिक रूपमा पाउने भोजनलाई त्यसको प्राकृतिक गुण नष्ट नगरी खाँदा राम्रो हुन्छ। मौसम अनुसारका फलफूल ठाउँ अनुसारका बाली, तरकारी खाने, लोकल खाना खाने, घरमा नै बनाएको खाना खाने ,रोटी दालभात तरकारी, भुटेको मकै जस्ता खाने कुरा खाने गर्नुपर्छ।

बिहान बेलुका दिउँसो कस्तो खाना खाने ?
बिहानको खाना सकेसम्म हेप्बी एउटा भनाइ नै छ। “बिहानको नास्ता राजाको जस्तो दिउँसोको खाना रानीको जस्तो बेलुका को खाना मगन्ते” यो भनेको बिहानको खाना दिन भरी काम गर्नुपर्ने हुन्छ। काम गर्न शरीरलाई ऊर्जा चाहिन्छ त्यसको लागि र पाचन शक्ति पनि बलियो हुने हुनाले बिहानको खाना अलि पोसिलो कुरा शक्ति दिने खानु पर्दछ। दिउसोको लागि बिहानको भन्दा अलिकति लाइट खानाखानुपर्छ र बेलुकाको खाना छिटो हलुङ्गो खानुपर्छ। सुत्नु भन्दा तीन घण्टा भन्दा पहिला खानु राम्रो हुन्छ। बेलुकाको खानाले धेरै रोग लाग्छ। तेल, मैदा र चिनीबाट बच्न सकियो भने धेरै रोगबाट बच्न सकिन्छ।

के के खानाबाट फाइबर पाइन्छ ?
हरियो तरकारीबाट धेरै फाइबर पाइन्छ। त्यसमा पनि बोक्रासहित खान मिल्ने तरकारीमा धेरै फाइबर पाइन्छ। हरियो साग, फर्सी, घिरौला र हरिया फलफूलमा पनि फाइबर पाइन्छ। अन्नमा रिफाइन नगरेको जस्तो चामल पोलिस गरेको भन्दा, ब्राउण्ड राइसको प्रयोग गर्ने, गौँको मैदालाई भन्दा आटालाई प्राथमिकता दिने। यसरी तरकारी र खाने कुराहरू मिलाएर खाँदा फाइबर, भिटामिन र मिनिरल पाइन्छ।

नुन र चिनिले पनि पछिल्लो समय धेरै समस्या ल्याइएको छ। यसलाई कसरी खाने ?
प्राकृतिक चिकित्सामा नुन, चिनी र मैदा (ह्वाइट पोइजन) भन्छौं। यसले ढिलो ढिलो गर्दै असर गर्दछ। ३/५ ग्रामसम्म नुन खायो भने हामीलाई पुग्छ। तर ३० ग्रामसम्म खाने गरेको नेपालको तुलनामा देखिन्छ। त्यसैले नुनलाई कम गर्नु पर्दछ। चिनीबाट बनेका कुराले स्वास्थ्यमा धेरै रोग डाइबेटिज,मोटोपना, रगतमा क्षारको मात्र बढ्छ सुगर लाग्यो भने धेरै रोगको जन्म हुन्छ। त्यसैले चिनीको प्रयोग कम गरौं। मैदाबाट बन्ने खाने कुराहरू कम स्वास्थ्य शरीरका लागि धेरै राहत मिल्छ। नुन, चिनी र मैदा कम प्रयोग गर्दा आधा भन्दा बढी रोगबाट बच्न सकिन्छ।

शरीरको तौल ठिक राख्न के गर्ने ?
खानपानमा ध्यान दिने गर्नुपर्छ। दिनभर अफिसमा काम गर्ने मान्छे र बाहिर खेतबारीमा काम गर्ने मान्छेको खाना एकै हुँदैन। कति मेहनत हुन्छ त्यसको आधारमा खाना खाने हो। अफिसमा काम गर्ने मान्छे हो भने शारीरिक व्यायाम गर्नुपर्छ। त्यसैले खाना र शारीरिक व्यायाम नै मेन हो। धेरै खाने र इनर्जी कम प्रयोग भयो भने मोटाइन्छ। थोरै खाने र धेरै मेहनत गर्दा हामी दुब्लाउँछौँ। त्यस कारण खाना र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्छ।

यो गर्मीको मौसममा कति पानी खाने ?
हाम्रो शरीर ७० प्रतिशत पानीले बनेको हुन्छ। शरीरका महत्त्वपूर्ण अङ्ग जस्तो ब्रेन, मुटु मिर्गौला फोक्सो ८५ प्रतिशत पानीले बनेको हुन्छ। जति पानी चाहिन्छ त्यत्ति पानी भएन भने मिर्गौलामा पत्थरी, कब्जियत हुने, ग्यास्ट्रिक हुने टाउको दुख्ने ,अनिद्रा जस्ता रोगहरू लाग्छन्। कति पानी चाहिने भन्ने ठाउँ अनुसार मौसम अनुसार भर पर्दछ। २४ घण्टामा कम्तीमा दुई लिटर पिसाब फेर्नुपर्ने हुन्छ ,पिसाब पहेंलो नभई हल्का पहेंलो वा क्लियर हनुपर्दछ। गर्मीमा घाममा बसेर काम गर्दा पनि दुई लिटरको बराबरको पसिना बाहिर गइरहेको हुनुपर्दछ । हाम्रो शरीरमा तीनदेखि पाँच लिटर पानी आवश्यक पर्दछ। धेरै वा थोरै भयो भने शरीरलाई हानी गर्दछ। यो आफ्नो समय मिलाएर पिउन सक्छौँ।

खानासँगै पानी खानु हुँदैन। खानासँगै पानी खाँदा खाना पातलो हुनजान्छ ,पानी खाना खानु भन्दा अगाडि वा पछाडि खाँदा राम्रो हुन्छ। बिहान उठ्ने बित्तिकै १ लिटर जति पानी खाँदा त्यसले दिसा लगाउने काम गर्दछ।

स्वास्थ्य बन्नका लागि केही विशषे उपाय छन् कि ?
स्वस्थ हुने उपाय हाम्रो हातमा नै छ। स्वस्थ रहन विशेष गरेर केही आधार अपनाउने गर्नुपर्छ।
आहार : स्वस्थ खानपान
बिहार : शारीरिक व्यायाम
विश्राम : समयमा सुत्ने र आराम गर्ने
विचार : मानसिक चिन्ता
विकार : शरीरलाई समय समयमा सफा गर्ने यी कुरालाई व्यवस्थापन गर्न सक्यौं भने स्वस्थ हुन्छौँ। प्रमुख विषय भनेको खाना नै हो। खानामा विशेष ध्यान दिने गर्नु पर्दछ। खानामा नै ध्यान दिने हो भने कुनै रोग लाग्दैन। यदि रोग लगिहाल्यो भने पनि उपचार चाँडो हुन्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ०२ बजे

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्यो सात गोल

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह

लमजुङ दरबार निर्माणको काम ठप्प

लमजुङ– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

नेदरल्यान्ड्ससँग हंगेरी ४-० ले पराजित

काठमाडौं – युरोपेली नेसन्स कप अन्तर्गत गएराति भएको खेलको सुरुवातमै