गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुँदै | Khabarhub Khabarhub

गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुँदै


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट-९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। उनले संस्थाका नाममा खेल मैदानको जग्गा प्राप्ती, मैदानको संरक्षणका लागि तटबन्धनलगायत पूर्वाधार विकासमा काम गर्न भने बाँकी रहेको बताए। नगरप्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले गैँडाकोटको चिनारीलाई उजागर गर्ने बताए । प्रतियोगिताले गैँडाकोटसहित देशभर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अधिकारीले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

प्रतियोगिताका निर्देशक एवं नवलपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका गैँडाकोट-९ का वडाध्यक्ष धामनाथ सापकोटाले प्रतियोगिता गैँडाकोटको गौरवको विषय भएको बताए। उनले नेपाल क्रिकेट सङ्घमा आबद्ध छिमेकी जिल्लालाई आधार बनाइ टोली छनोट गरिएको बताए । 

प्रतियोगिताको विजेताले उपाधिसहित दुई लाख तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई  १० हजार, इमर्जिङ प्लेयरलाई सात हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई पाँच-पाँच हजार तथा हरेक दिन घोषित हुने म्यान अफ द म्याचलाई  एक हजार पाँच सय प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी र चितवन गरी आठ टोलीको सहभागिता रहने जनाइएको छ । 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ४६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र