कर्णालीका मुख्यमन्त्री शर्माद्वारा कर्मचारीलाई ६१ बुँदे निर्देशन | Khabarhub Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा कर्मचारीलाई ६१ बुँदे निर्देशन


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिँदै प्रदेशभित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री शर्माले ठूला नीतिगत र दीर्घकालिन विषयभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र आयोजना संचालनका विषयहरुमा तत्काल केन्द्रीत हुन आग्रह गरेका छन् ।

शर्माले राज्यको स्थायी सरकार भएकाले कर्मचारीहरुको अनुभव, योग्यता र क्षमताका पूर्णरुपमा प्रयोग गरि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्न सक्षम हुने कुरामा आफू पूर्ण विश्वास्त रहेको बताएका छन् । शर्माले मन्त्रीहरुका लागि पनि आचार संहिता तयार भइरहेकको जानकारी दिए ।

शर्माले भने, ‘कार्यालयको समय पालना र कर्मचारी उपस्थिति, सेवाग्राहीप्रतिको व्यावहार लगायतका कार्यालय संचालन व्यवस्थापनको अनुगमन निरीक्षण गर्ने, गल्ती गर्नेलाई तुरुन्त कारबाही गर्नुहोस्, प्रदेश सभामा पेश भई पारित हुन बाँकी निष्क्रिय विद्येयक फिर्ता लिई थप छलफल गरि केही संशोधन गुर्न पर्ने भए गरेर छिटो छरितो ढंगबाट प्रदेश सभामा पठाउनको लागि प्रस्ताव गरि पठाउनुहोस, सबै मन्त्रालयहरुले आफ्नो आन्तरिक नियन्त्रण प्रणाली बनाइ कार्यान्वयनमा ल्याउनुहोला ।’

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ४६ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि