पाकिस्तानमा भइरहेको आतंकवादविरुद्ध हस्ताक्षर अभियान शुरु « Khabarhub

पाकिस्तानमा भइरहेको आतंकवादविरुद्ध हस्ताक्षर अभियान शुरु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानमा जारी आतंकबाद, हत्या हिंसा र अतिवादविरुद्ध नेपालमा हस्ताक्षर अभियान शुरु भएको छ । राष्ट्रिय एकता अभियानले सञ्चालन गरको हस्ताक्षत्रर अभियान काठमाडौंको गौशालाबाट सुरु गरिएको हो । गौशालमा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य डा‍ प्रभात कुशवाह नेतृत्वमा हस्ताक्षर भइरहेको छ ।

पाकिस्तानमा प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान शुरु अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए । उनले भने, ‘पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दुःख दिने गरिरहेका छन् । त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान शुरु हो ।

पाकिस्तानमा हिन्दूहरु निकै कम संख्यामा मात्र छन् । बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दूहरु थिए । तर व्यापक धर्मान्तरण र ज्यादतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ५४ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति