ऋण तिर्न नसकेर आत्महत्या गर्ने व्यवसायी संसारभर छन् | Khabarhub Khabarhub

ऋण तिर्न नसकेर आत्महत्या गर्ने व्यवसायी संसारभर छन्

‘सरकारले पूरक बजेट ल्याएर बजारमा पैसा पठाउनुपर्छ’


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय नेपालमा बैंकको ऋण तिर्न नसकेको भन्दै केही व्यवसायीहरूले आत्महत्या गरेका छन् । विभिन्न आर्थिक सामाजिक कारणले गर्दा आत्मदाह गरेका पनि थुप्रै उदाहरणहरू अहिले बाहिर आएका छन् । पछिल्लो साँढे ५ महिनामा कालो सूचिमा पर्ने ऋणी तीन गुणाले बढेका छन् । चालु आर्थिक वर्षको साढे ५ महिनामै १३ हजार २ सय २६ जना ऋणी बैंकको कालो सूचिमा परेका छन् । आखिर यो किन भइरहेको छ यसको कारण के हो ? अनि समाधानको उपाय के हो त ? यसै विषयमा आधारित भएर पूर्व गभर्नर डाक्टर चिरञ्जीवी नेपालसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

अहिलेको अर्थतन्त्रको अवस्था के छ ?
नेपालको मात्र बैंकिङ क्षेत्रमा यो समस्या हैन । यो विश्व भरी नै समस्या बनेर बसेको छ । यो अहिले मिडियाहरूले पनि ध्यान दिएको हुनाले अगाडि आएको हो । सन् १९९० को दशक पछि आर्थिक र सामाजिक रूपान्तरण भयो । त्यो रूपान्तरणले मान्छेको इच्छा अभिलासा र बिजनेसको आकार नै परिवर्तन गरिदियो । र, अहिले यो श्रृङ्खला धेरै देशहरूमा देखियो । उदाहरणको लागि अमेरिकामा पनि केही संख्यामा विद्यार्थीले ऋण लिएर पढेका हुन्छन् । त्यहाँ त्यसको चिन्ताले धेरै मान्छे डिप्रेसनका कारणले मरिरहेका हुन्छन् । इन्डियामा, साउथ कोरिया लगायतका देशमा पनि ऋण तिर्न नसकेर आत्महत्या गरेका छन् । बैंक बाहेक अरू कारणले पनि यो आत्महत्याका घटनाहरू बढेका छन् । चीनमा संसार भरी जुन बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्ने मध्ये १७ प्रतिशत मान्छे छन् । यसलाई सरकारले कुन हदसम्म ब्याजदर कम गर्दा त साउथ कोरियामा आत्महत्या गर्नु परेको छ भने नेपालमा पनि पहिला देखि नै छ ।

आत्मदाह बढ्नुमा बैंकमा नै समस्या हो कि चर्को ब्याजदर हो त ?
हाम्रोमा पैसा लिए पछि तिर्न सकिँदैन भन्ने अवस्था कसरी आयो त ? यसमा समय परिस्थितिले ल्यायो । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पनि सुधार नीति ल्यायो । तर पछिल्लो समय लगानी गर्छु भन्दा बैंकमा पैसा नै छैन । र, त्यो पैसा कहाँ गयो त भन्दा त्यसमा सरकार पनि सामेल भयो ।

ठुला व्यापारीको आफ्नै बैक हुने जति ऋण लिए पनि धितो राख्नु नपर्ने अवस्था भयो नेपालमा ?
केन्द्रीय बैंकले सबैलाई समान ठानेर सबैलाई एकै नासले ब्याज दिनु प¥यो । सबै साना तथा घरेलु, महिना उद्यमी कर्जा, स्वत रोजगार कर्जामा सहुलियत दिएर ९ वटा सस्तो ब्याजदर जाओस् भनेर गएको पनि छ । तर बैंक र व्यवसायी नछुट्टिए पछि । सानाहरूले नै नेपालको ९० रोजगारी दिने तिनीहरूले हो । अब राज्यको, सम्बन्धित निकायको ध्यान हाम्रो नीति परिवर्तन गर्नु पर्दछ कि गलत ठाउँमा फाइल गयो कि त्यता ध्यान गर्नु प¥यो ।

बैंकको नाफा कमाउने ध्यानले साना व्यवसायीहरू मरेका हुन् ?
एउटा बैंकको डिपोजिट गरेको पैसा सबै लगानी हो । ८ अर्ब हैन खर्ब भन्दा बढी लगानी गरेको हो, त्यत्रो लगानी गरेर बैंकले ५० देखि ६० करोड कमाउँछ । त्यो त एउटा बैंक खोल्न आवश्यक परेको पुजीँ हो । ९० प्रतिशत आम जनताको पैसा र १० प्रतिशत सञ्चालकहरूको पैसा हो यो संसार भरि हो हो । त्यसैले प्राइभेट र सरकारी भन्ने हुँदैन । त्यसैले बैंक डुब्ने बित्तिकै सरकारले लगानी गर्छ । यसको जरो भनेको बैंक तथा वित्तीय संस्था कर भनेर बोलाई बोलाई दिएको छ । किनभने बैंकले आफूले पैसा राख्दैन यदि राख्दा उसको कष्ट बढ्छ । सस्तोमा र जति चाहिने त्यो भन्दा बढी बाहिर पठाइयो । पछि असली ऋणीले केही गर्छु भन्दा पैसा नै भएन । हाम्रो नीतिगत त्रुटिको कारणले पैसाको अभाव भयो ।

यो नीतिगत त्रुटिका लागि तुरुन्तै के गर्नु पर्ला ?
सरकारले पूरक बजेट ल्याएर बजारमा पैसा पठाउनु प¥यो । यसमा आर्थिक क्षेत्र र व्यवसाय उत्थानको लागि भनेर कार्यक्रम गर्नु प¥यो । नचाहिने आयोजनाहरू कटाउनु प¥यो । बजारमा पैसा भए ब्याजदर आफै घट्छ ।

कालो सूचिमा परेका व्यवसायीहरूलाई जोगाउन के गर्न सकिएला त ?
व्यवसाय गर्ने मान्छेलाई कुनै बाधा पु¥याउनु हुँदैन । सीआरआर ४ बाट ३ बनाई दिए हुन्छ । बैंक रेट साढे ८ बाट ७ प्रतिशत गर्दिए भयो । त्यसो भयो भने पैसा बजारमा जान्छ । पैसा बजारमा भए पछि बस्तु बढी भएर भाउ घटे जस्तै हो ब्याजदर स्वतः घट्छ । र कालो सूचिमा परेका व्यवसायीले आत्महत्या गर्दैनन् । रेगुलेटर नेता हैन, नेताले कुरा गर्छ सकियो । तर रेगुलेटर नेता बन्नु भएन । एक खालको मान्छे त अब सरकार परिवर्तन भयो । ऋण मिनाहा हुन्छ भनेर पनि आउँछन्, अर्को मारमा पर्ने, कोही भएर पनि नतिर्ने छन् । चालु पुँजी कर्जाको कुरामा यो नागरिकको कुरा भएकोले सरकारले तदारुकता देखाउनु पर्दछ ।

सरकारले के गर्नु पर्ला अहिलेको अवस्थामा तुरुन्तै ?
पूरक बजेट ल्याउने, सरकारले आफ्नो खर्च कटौती गर्न प¥यो । सार्वजनिक खर्च आयोगको पुनरावेदन हुबहु लागू गरौँ । राष्ट्र बैंकले नगद राख्नु पर्नेमा एक प्रतिशत घटाउनु प¥यो । ऋणिलाई किस्ता तिर्ने वातावरणमा सहजता गराइदिनु प¥यो ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ०२ बजे

१३ अंकले घट्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं- आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०३ अंकले घटेको छ

काठमाडौंको ‘शान्तिधाम’ मा आन्तरिक र बाह्य पर्यटक बढ्दै

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको ‘शान्तिधाम’मा आन्तरिक तथा बाह्य

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

मृत्युपश्चात् अंगदान गर्नेका परिवारलाई दुई लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् मानव अंगदान गर्न

सन्तोषको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो चरणको छायाङ्कन सुरु

काठमाडौं- ठूलो लगानीमा निर्माण भइरहेको फिल्म ‘बलिदान’को छायाङ्कन दोस्रो चरणमा