जनवरीमा ६१० कामदारको गुनासो टुंगियो : श्रम मन्त्रालय « Khabarhub

जनवरीमा ६१० कामदारको गुनासो टुंगियो : श्रम मन्त्रालय


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा – जनवरीमा ६१० कामदारको गुनासो टुंगिएको छ। कतारको श्रम मन्त्रालयले जनवरी महिनामा रोजगारदाताविरुद्ध परेका ६१० कामदारको गुनासो समाधान गर्न सहज भएको मन्त्रालयले जारी गरेको मासिक तथ्याङ्क बुलेटिनमा उल्लेख छ।

मन्त्रालयका अनुसार महिनामा २ हजार ७ सय १८ उजुरी परेका छन्। तीमध्ये २७६ श्रम विवाद समाधान समितिमा परेका छन् भने १ हजार ८३२ उजुरी प्रक्रियामा छन्। विगत एक महिनामा विवाद समाधान समितिमा परेका मुद्दाको कुल संख्या १ हजार ३५० रहेको जनाएको छ।

जसमध्ये ५ सय ७९ मुद्दामा फैसला भइसकेको छ भने ९ सय ४५ मुद्दा प्रक्रियामा रहेको जनाएको छ। अन्य तथ्याङ्कहरूमा, बुलेटिनले जनवरीमा प्राप्त कुल ७ हजार २३१ मध्ये ५ हजार ४१ भर्ती अनुरोधहरूलाई मन्त्रालयले अनुमोदन गरेको छ भने २ हजार १९० अनुरोधहरू अस्वीकार गरिएको जनाएको छ।

मन्त्रालयमा पेसा परिवर्तनका लागि ३ हजार ९२४ अनुरोध आएको जसमध्ये ३ हजार ७२१ स्वीकृत र २०३ अस्वीकृत भएको जनाएको छ। त्यस्तै जनवरीमा २ हजार ३ सय २१, नवीकरणका लागि १ हजार २ सय २१, नयाँ अनुमतिका लागि ७ सय ३५ र खारेजका लागि ३ सय ६५ निवेदन परेका छन्।

मन्त्रालयले ८८ वटा कम्पनीहरुको निरीक्षण गरेकोमा तीन वटा कानुन उलङ्घन गर्ने कम्पनी बन्द गरेको र १० वटा कम्पनीलाई चेतावनी दिइएको जनाएको छ।

श्रम निरीक्षण विभागले देशको श्रम बजार नियमन गर्न सम्बन्धित प्रतिष्ठानहरूले कानुन र मन्त्रिपरिषद्का निर्णयहरू कत्तिको पालना गर्दछन् भनेर अनुगमन गर्न गहन निरीक्षण अभियानहरू सञ्चालन गरिरहेको जनाएको छ।

कतारमा अहिले ३ लाख १२ हजार ६५० नेपाली कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन्। कतारमा ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएको पाइन्छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ५० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन