तरकारी र फलफूलको आजको मूल्य कति? « Khabarhub

तरकारी र फलफूलको आजको मूल्य कति?


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारीको मूल्य तोकेको छ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ।

बिहीबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ  १२० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, रायो सागको ४० रुपैयाँ, चमसुर, जिरा, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँ तोकिएको छ।

यसैगरी छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन र हरियो लसुन ८० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ४०० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ रहेको छ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा पाइन्छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : १२ बजे

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक

पनौतीमा मनाइयो मुखौटा नृत्य महोत्सव (तस्बिरहरू)

काठमाडाैं । काभ्रेको पनौतीमा बुधबार मुखौटा नृत्य महोत्सव मनाइएको छ।

‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट