युनाइटेडले आत्मघाती गोलगर्दा लिड्ससँग अंक बराबर « Khabarhub

युनाइटेडले आत्मघाती गोलगर्दा लिड्ससँग अंक बराबर


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा लिड्ससँग २–२ गोलको बराबरी खेल्दै अंक बाडन बाध्य भएको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेड अंक बाडन बाध्य मात्रै भएन, हाफ टाइम पछि गरेको कडा मेहनतका कारण हारबाट जोगिन पनि सफल भयो। युनाइटेटका लागि मार्कस र्‍यासफर्ड र जेडोन सान्चोले गोल गरेर युनाईटेडलाई हारवाट जोगाएर बराबरी अंक बाडने मौका दिए।

खेल सुरू भएको पहिलो मिनेटमै विलफ्रिड यन्तोले गोल गर्दै लिड्सलाई सुरूआती अग्रता दिलाए भने ४९ औं मिनेटमा लिड्सले आत्मघाती गोलमार्फत अग्रता दोब्बर बनाउँदा युनाईटेड २–१ ले पछि पर्न गयो। युनाइटेडका रफायल भरानेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए।

६२ औं मिनेटमा मार्कस र्‍यासफर्डले र ७० मिनेटमा सान्चोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाउन सफल भए। १६ औं स्थानमा उक्लिएको लिड्सको २१ खेलबाट १९ अंक छ। २२ खेलबाट ४३ अंक जोड्दै युनाइटेड तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ८ : ३४ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा