ओलेम्पिकमा फ्रेजरले रचेको त्यो दुर्लभ इतिहास | Khabarhub Khabarhub

ओलेम्पिकमा फ्रेजरले रचेको त्यो दुर्लभ इतिहास

एउटै स्पर्धाको लगातार तीन ओलेम्पिकमा स्वर्णपदक


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सन् २०२४ को पेरिस ओलम्पिक सुरु नभएसम्म टोकियो ओलम्पिक २०२१ को चर्चा बारम्बार हुने छ । कोरोना महामारीका कारण एक वर्ष ढिला भएको सो ओलम्पिक खेलकुदमा थुप्रै सफलताका कथा लेखिए । तर, यस पटकको चर्चा इतिहासको कालखण्डमा टोकियोमा नै भएको ओलम्पिक खेलकुदको । यसपटक विश्व खेलकुदमा एउटा नयाँ इतिहास लेखिएको थियो । अस्ट्रेलियाकी पौडी स्टार डाँन फ्रेजरले लगातार ३ ओलम्पिकमा पौडीको एउटै स्पर्धामा स्वर्ण पदक जित्दै नयाँ इतिहास कायम गर्न सफल भएकी थिइन् ।

ट्रेसी कल्कीन्स, जेनेट इभान्स, क्रिस्टीना एगरसेजी र केट्टी लेडेकी लगायतले यो उपलब्धि पाइ सकेका छन् । फ्लेप्सले त ४ ओलम्पिकमा स्वर्ण पदक जिते । यी यावत सफलताका बिच पनि तत्कालीन समयमा फ्रेजरको सफलता कम्ती मानिएको थिएन ।

पछिल्ला समय विश्व पौडीका एक से एक स्टार पौडीबाज देखिए । स्पिन्ट फ्रिस्टाइलमा पछिल्लो समय अस्ट्रेलियाको प्रभाव बलियो छ । वर्तमान समयमा केल चालमर्स र केट्टी म्याककोन त स्टार छदै छन् ।

महिला स्प्रिन्ट फ्रिस्टाइलमा अस्ट्रेलियासँग एउटा यस्तो जमात छ, जसका अघि पछिल्ला केही वर्ष यता संसार नै झुकिरहेको छ । सन् १९५० मा भने अस्ट्रेलियाको अवस्था अहिलेको जस्तो थिएन । त्यहाँका कुनै पनि स्टार संसारमै सनसनी फैलाउन सक्ने खालका थिएनन् । विश्व पौडीमा अमेरिकाको दबदबा थियो । सन् १९५६ र १९६० को ओलम्पिकमा स्वर्ण पदक जितेकी फ्रेजर सन् १९६४ को ओलम्पिकमा नयाँ इतिहास कायम गर्ने सोचमा साथ उपस्थित भएकी थिइन् ।

कुनै पनि सफलताका लागि व्यक्तिगत प्रतिभा मुख्य कारण हुँदै हो । तर, यसमा एउटा पाथ क्रिएटरको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुन्छ नै । हो यसै क्रममा प्रशिक्षण हेली गालाघर फ्रेजिएरको पाथ क्रिएटर बनेर उदाएका थिए । फ्रेजिएरलाई प्रशिक्षण चुनौतीपूर्ण थियो । उनी कास झैँ थिइन्, चलाउन नजाने जुन सुकै समय फुट्न सक्ने । गालाघरले उसलाई यसरी निखारेका उनका प्रतिभा बिस्तारै देखि सुरु गरी सकेको थियो ।

गालाघारको मनोवैज्ञानिक रूपले तयार गर्ने शैली तथा फ्रेजरको मेहनत मिल्दै गए पछि यसैको परिणाम सन् १९५६ को ओलम्पिकमा देखिएको थियो । उनले त्यसै ओलम्पिकमा लोरीयन क्रापलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् । उनले विश्व कीर्तिमान समेत आफ्नो नाममा लेखाएकी थिइन् ।

संसारकै प्रिमियर पौडीबाजको रूपमा स्थापित उनले १ सय मिटर र २ सय मिटर फ्रिस्टाइलमा धेरै पदक आफ्नो नाममा लेखाउँदै गइन् । यसैको फलस्वरूप हो की सन् १९६० को ओलम्पिकमा उनी फेरी १ सय मिटरमा स्वर्ण पदकको बलियो दाबेदारको रूपमा सहभागी भएकी थिइन् । ओलम्पिकमा अमेरिकी कृश भान साल्टजालाइ एक सेकेन्ड भन्दा बढी समयको अन्तरमा हराँउदैे उनी स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

त्यसै समयमा धेरैले उनले १९६० को सफलता पछि संन्यास लिने अनुमान गरेका थिए । फ्रेजरलाई भने नयाँ इतिहासको झोक चलेको थियो । उनले १९६२ मा अर्को विश्व कीर्तिमान कायम गरिन् । उनी महिला १ सय मिटर फ्रिस्टाइलमा १ मिनेट भन्दा कम समयमा पार गर्ने पहिलो पौडीबाजको रूपमा कीर्तिमान राख्न सफल भइन् ।

फ्रेजर स्वाभाविक लगातार तेस्रो पटकको स्वर्ण पदकको दाबेदारको रूपमा टोकियो ओलम्पिकमा सहभागी भएकी थिइन् । सबै सजिलो योजना अनुसार चल्छ भन्ने नै हुँदैन । फ्रेजरको जीवमा पनि एउटा दुर्घटना भयो ।

ओलम्पिकको सात महिना अगाडी एक दिन स्थानीय सामाजिक काममा सरिक भएर उनी फर्कँदै थिइन् । त्यसै समयमा उनी र उनकी आमा चढेको कारण एउटा ट्रकमा गएर ठक्कर खाएको थियो । उनी बाहिर उछिट्टिन भने कार टाढा गए बजारियो । उनी र उनकी बहिनी घाइते भए ।

अस्पताल लगिएकी उनकी आमा मृत घोषित भइन् । उनको भाइलाई आमाको मृत्यु हृदयाघातको कारण भएको भन्दै चिठ्ठी लेखिएको थियो । तर, उनलाई आमाको मृत्यु त्यसै कार दुर्घटनाको कारण भएको भन्ने प्रस्ट भएका कारण जीवन नै खल्लो महसुस हुने नै भयो ।

एका तीर फ्रेजर आफ्नै मनोवैज्ञानिक र शारिरिक अवस्थाका कारण विचलित थिइन् । अर्को तर्फ अमेरिकाका सारोन स्टोडरको स्तरमा दिन प्रतिदिन प्रगति हुँदै थियो । टोकियो ओलम्पिकको त्यो बहु प्रतीक्षित स्पर्धामा फ्रेजर ५९.५ सेकेन्डमा दुरी तय गदै ५९.९ सेकेन्डमा रेस पुरा गर्दै तेस्रो पटक स्वर्ण पदक जितिन् ।

उनी लगातार एउटै स्पर्धामा तीन पटक स्वर्ण पदक जित्ने पहिलो पौडीबाजको रूपमा कीर्तिमान राख्न सफल भएकी थिइन् । जुन कीर्तिमान् लामो समय कायम रह्यो । इगरवजेगीले सन् १९८८ देखि ९९६ सम्म २ सय मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्दै त्यो कीर्तिमान कामय गरेकी थिइन् । फ्लेप्सले लगातार चार पटक २ सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जितेका छन् । केटी लेडेकीले ८ सय मिटरमा तीन पटक स्वर्ण पदक जिती सकेकी छिन् । तर, फ्रेजरको त्यो सफलता पौडी इतिहासका विशेष सफलताको रूपमा दर्ज भएको छ ।

अमेरिकाका पहिलो स्प्रीन्ट स्टार डुक कहामोन्कु त्यस सफलताको नजिक त पुगेका थिए । तर,उनका लागि केही दुर्भाग्य पनि देखिएको थियो । उनले सन् १९१२ र १९२० को ओलम्पिकमा १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका थिए । यस बिचको २०१६ को ओलम्पिक भने पहिलो विश्व युद्धका कारण रद्द भएको थियो ।

फ्रेजरकै कुरा गर्ने हो भने उनले ओलम्पिक पछि केही समस्या भोगेकी थिइन् । ओलम्पिकमा पाएको त्यो अभूतपूर्व सफलताको खुसीयाली मनाउने क्रममा उनी अस्ट्रेलियाको टिम चिकित्सक हवार्ड ठाइन र फिल्ड हक्कीका खेलाडी डेस पिपरसँगै रातको समयमा बाहिर निस्किएकी थिइन् ।

उनीहरूलाई थप केही ओलम्पिकको झन्डा जम्मा गर्ने लहड चलेको थियो । रातको समयमा राज दरबार अगाडीको सडकमा राखेका दुई झन्डा उनीहरूले झिकेका थिए । त्यस पछि नै प्रहरी आइ पुगेर उनीहरूलाई गिरफ्तार समेत गरेको थियो ।

उनी रिहा त भइन् । तर यसले फ्रेजरको खेल जीवनकै अन्त्य गरिदियो । ओलम्पिकको उद्घाटन समारोहमा टिम भन्दा आफ्नै पाराले चलेको भन्दै टिम व्यवस्थापन उनीसँग रुष्ट थियो । ओलम्पिकको दौरान आफूलाई सजिलो हुने भन्दै टिमको प्रायोजित कस्टम प्रयोग नगरेर उनले आफैले कस्टम प्रयोग गरेकी थिइन् ।

यी सबै विवादास्पद घटनाका कारण अस्ट्रेलिया पौडी संघले उनलाई १० वर्षको प्रतिबन्ध लगाएको थियो । उनी संन्यास लिन बाध्य भएकी थिइन् । फ्रेजरको समय भन्दा लेडेकीको समय फरक थियो । अहिले पौडी स्पर्धा बढी प्रतिस्पर्धात्मक भई सकेको छ । एक से एक प्रतिस्पर्धी देखिएका छन् । त्यसो त फ्रेजर २ सय मिटर फ्रिस्टाइलमा पनि त्यो सफलता पाउन लायक थिइन । तर, १९६८ भन्दा अघि पौडीलाई सो स्पर्धालाई ओलम्पिकमा समावेश नै गरिएको थिएन।

विश्व पौडीमा सबैभन्दा महान् महिला खेलाडीको रूपमा निःसन्देह केटी लेडेकीको नाम लिने गरिन्छ । २ सय मिटर देखि १५ सय मिटर सम्म स्वर्ण पदक जित्न सक्ने ती अभूतपूर्व खेलाडी चार गुणा सय मिटर रिलेमा समेत स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

२०१६ को रियो ओलम्पिकको फर्म लेडेकीको छैन । सायद आउने पनि छैन । यस कारण अबको ओलम्पिकमा उनको लक्ष्य ८ सय मिटर र १५ सय मिटर मात्र हुने छ । सायद ८ सय मिटरमा अर्को स्वर्ण पदक थप्दै लगातार चार पटक एउटै स्पर्धामा स्वर्ण पदक जित्ने फ्लेप्स पछिको दोस्रो पौडवाजको रूपमा कीर्तिमान पनि लेडेकीको नाममा रहने छ ।

यी सबै सफलताका बाबजुद लगातार तीन ओलम्पिक स्वर्ण जित्ने पहिलो पौडीबाजको रूपमा फ्रेजरको कीर्तिमान भने ओलम्पिक इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ ।

(तस्बिर : स्विमिङ वर्ल्ड म्यागेजिन, स्वीमस्वाम)

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १ : ३५ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ