रविको बोली सही छ, तर शैली भने मिलेन | Khabarhub Khabarhub

रविको बोली सही छ, तर शैली भने मिलेन

‘ठूला मिडियाले पत्रकारलाई न्युनतम पारिश्रमिक किन दिदैनन् ?’


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पुर्वसञ्चारकर्मीसमेत रहेका रवि लामिछानेको अभिव्यक्तिको चर्को आलोचना हुने क्रम जारी छ । पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले गएको आइतबार पत्रकार सम्मेलन गरेर मूलधारका सञ्चारमाध्यम र सम्पादकहरुकै आलोचना गरेका थिए । लामिछानेले भनेजस्तै के साच्चै मूलधारका सञ्चारमाध्यमबारे गम्भीर बहस गर्ने बेला आएको हो ? वा सम्पादकहरु पनि आफ्नो गरिमाअनुसार काम गर्न सकिरहेका छैनन् ? अथवा लामिछानेको अभिव्यक्ति नै गलत हो त ? यसै विषयमा आधारित भएर वरिष्ठ पत्रकार पी खरेलसँग शुशिल पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

पूर्वगृहमन्त्रीसमेत रहेका स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चारमाध्यमका बारेमा दिएको अभिव्यक्तिको वास्तविकता के हो ? किन यसरी विवाद भएको हो ?
आफ्नो पद र गृहमन्त्री पद पनि गुमेपछि आफ्नो दलका कसैले पनि गृहमन्त्री पद नपाउने भएकाले आक्रोशित मुद्रामा रवि लामिछानेले अभिव्यक्ति दिएका मात्रै हुन् । जस्तो सुकै अभिव्यत्ति दिएपनि धेरै सत्यता छ । रवि आफु पूर्व पत्रकार भए पनि शैली भने गलत छ । यो रविले हतारमा आएर ओकलेको मात्र हो । केहि पुष्टि भएका कुराहरु रहेका छन् । पहिले देखि खरो बाल्ने मान्छे आफ्नो गल्ति नभएमा डराउनु कुनै आवश्यक छैन । निडर भएर लड्न सक्नुपर्छ ।

तपाईले सञ्चारमाध्यमप्रति रविको बोली सही भएपनि शैली मिलेन मात्रै भन्न खोज्नु भएको हो ?
मिडियाको कुरा सिन्डिकेटमा गर्दा न्युनतम पारिश्रमिक ठुला सञ्चारगृह सहितले दिन सकेको छैन । नेपाल पत्रकार महासंघमा १२ हजार सदस्य रहेका छन् । ठुला दलका भातृ संगठनका पत्रकारहरु २२ हजार रहेका छन् । कतिपय पत्रकार आफु नै पार्टीमा लागेर मिडियाको बदनाम गरेको थियो । जुन अहिले रवि उदाहरण बनेका छन् । पत्रकारिता धेरै मात्रामा स्वच्छ र निष्पक्ष रहेको हुन्छ । तर एक गलत मिडियाले अन्य पत्रकारितामा पनि खोट लगाएको हुन्छ । लोकतान्त्रिक सविंधान हुँदाहुँदै गलत सदस्यको उपस्थिति हुनु जरुरि रहदैन । नेता भएपछि यस्तो नकारात्मक शैलीको प्रयोग गर्नु रविको गलत धारणा तथा गलत विचारको विकास भएको अवस्था रहेको छ । कुखुरा हराउने र स्याल कराउने समय एउटै भएपछि शंका गर्नु पर्ने रहेछ ।

सञ्चारकर्मीका रुपमा रवि लामिछाने कति सही थिए ? कति गलत थिए ?
सिधा कुरा गर्दा कुरा लुकाएको अवस्था रहेको छ । पहिले नै चुकेको मान्छे उप–प्रधानमन्त्री हुँदा झन कुन अवस्था आउन बाध्य भएको छ, त्यो हाम्रो सामु रहेको छ । सात आठ महिनामा कुनै पार्टीको दलको नेताले बोल्ने शैली ठीक नभएको ठान्छु ।

शैली नमिलेपनि बोली भने यस्तो नै हुनु पर्ने हो ?
नेपालमा ‘कङगो–मोरेड नेसनल मिडिया’ नेपालको जस्तो इतिहास काहि पनि छैन । पत्रकारिताको व्यापार भएपनि विश्वसनीयता अझै छ । तर शैली नमिल्दा रवि लामिछानेको छविमा अाँच भने आएको हो ।

नेपाली मिडियाले सही गरेनन्, सत्यलाई सत्य र गलतलाई गलत भन्न सकेनन् ? मिडियाको शक्ति दुरुपयोग भयो भन्ने तपाईको भावना हो ?
आमसञ्चार सस्ंथाका मालिकलाई तथा मित्रहरुलाई सिधा असर पर्ने समाचार आउदैनन् । रविले जुन शैली अपनाए त्यसले गर्दा भ्रम सिर्जना हुने भयो । उनको एक्लै निर्णय गरेका छन् । आफु आफैमा निडर र मेरो सरकार हो । जे गरे पनि हुन्छ भन्ने भावना भएको हो । रविको खम्बा केपि ओली महान नेता भनेको देखेको हो । कलाकारहरु काठमाडौँमा मह जोडी बाहेक नायक महानायक भने पनि जित्दैनन चुनाव । आफ्नो कार्यकर्तामा मात्रै भर पर्नुहुन्न भन्न मात्र खोजेको हो ।

मुलधारे मिडिया जनताबाट टाढिदै गएका हुन् ?
जुन मिडिया तथा अन्य संस्थाको आशा छ, त्यसले कार्य पालना नगरेको मात्र हो । आशा राखेर डराउन खोजेको मात्र हो । मुद्दा राजनीतिक मात्र होइन, बिजनेस पेज भनेको हुन्छ । जस्तो नेपाल उद्योग वाणिज्य महासंघले ७७ वटा जिल्लामा हाम्रो शाखा छ भन्छ । कुनै पनि बुलेटिन हेर्ने हो भने आठ दश वटा भन्दा अन्य जिल्लाको समाचार नै आउँदैन । त्यस्तै पत्रकारितामा पनि सबै ठाउँको समाचारले त्यसरी ठाउँ पाएको देखिदैन ।

अन्तिममा, रविले सबै यो अभिव्यक्ति गृहमन्त्री नपाएकै झोकमा दिएका हुन् त ?
रविको ज्ञान कम भएको हो । अनि रिस मात्र बढि भएको हो । भनिन्छ नि रिस खा आफु बुद्धि खा अरु भने जस्तो मात्र भएको छ । मिडियालाई घच्घचाउनु पर्छ, जुन दुष्मन छ भने कुनै हालतमा होइन, हामीलाई सबै आपसी मेल भएको चाहिन्छ ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  २ : ३५ बजे

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही– गैरसरकारी संस्था (गैसस) महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका