को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ? « Khabarhub

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

धनगढी – एमाले नेतृत्वमा बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिक ठूलो दलको हैसियतमा नेपालीका कांग्रेसका तर्फबाट कमलशाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

बिहीबार साँझ ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा शाहले दावी पेश गरेका थिए । अछाम जिल्ला रामारोशन गाउँपालिका–५ तडिगैरामा २०२८ साल फागुन १० गते जन्मेका शाह हाल कैलालीको लम्की चुहा नगरपालिका–१ मा स्थायी रुपमा बसोवास गर्दै आएका छन् ।

उनले विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका थिए । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहेका थिए । शाहले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेका थिए ।

त्यसैगरी उनले २०५४ सालदेखि २०६८ सालसम्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभिग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर पनि काम गरेका थिए । उनी २०५३ सालदेखि हालसम्म नेपाली कांग्रेसको नौं, दशौं, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं महाधिबेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन् ।

शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार रहे पनि पराजित भएका थिए । उनी २०६४ र २०६२र०६३ सालको जनआन्दोलनका क्रममा पटक पटक गरी ४ महिना जेल परेका थिए । हाल लम्कीचुहा–१ लम्कीमा बस्दै आएका उनी मंसिरमा ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) बाट निर्वाचित भएका थिए । प्रदेश सभामा निर्वाचित भएसँगै कांग्रेस संसदीय दलको नेता हुँदै शाह मुख्यमन्त्री बनेका हुन् ।

सरल, शिष्ट, जिज्ञासु, सहयोगि स्वभावका शाहले आफ्नो ठाउँका लागि थुप्रै सहयोग तथा विकासका काम गर्दै आएका छन् । उनले कोरोना संक्रमणकालमा कैलाली क्षेत्र नम्बर २ का सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्ंयम सेवीकाको निस्शुल्क कोरोना विमाका साथै सोल्टामा रहेको स्वास्थ्य चौकीलाई निस्शुल्क एम्बुलेन्स सेवा प्रर्दान गरेर सहयोग गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ९ : ०५ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।