कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण गर्नुपर्छ : माधव नेपाल « Khabarhub

कम्युनिष्ट आन्दोलनको जगेर्नाबाट राष्ट्रियताको संरक्षण गर्नुपर्छ : माधव नेपाल


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक आजदेखि सुरु भएको छ ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म सञ्चालन हुने बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारको सेवा, सुविधाका साथै हकहित अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल गरिने छ ।

देशभर सङ्गठनको अवस्था र भावी रणनीतिका बारे प्रतिवेदन प्रस्तुत गरिने बैठकमा राष्ट्रिय अधिवेशनका लागि मिति तोक्न छलफल गरिने छ । सङ्गठनलाई आगामी जेठ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबै समुदायको संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

उनले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका ससाना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेको प्रष्ट पारे।

पार्टीका स्थायी समिति सदस्य एवं मोर्चा फाँट उपप्रमुख भवेश्वर पराजुलीले मुलुकमा विद्यमान विसङ्गति, विकृति न्यूनीकरणका लागि संस्कृतिकर्मी क्रियाशील हुनुपर्नेमा जोड दिए । जनसांस्कृतिक सङ्गठनका इन्चार्ज उदय श्रेष्ठले सङ्गठन सुदृढीकरणका साथै समान दृष्टिकोण तथा वैचारिक रुपमा नजिक रहेका संस्कृतिकर्मीलाई एकताबद्ध गर्न सुझाव दिए ।

सङ्गठनका अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष पुष्कर भट्टलगायतले मुलुकमा राजनीतिक परिवर्तनका क्रममा भएका विभिन्न आन्दोलनमा संस्कृतिकर्मीले भूमिका निर्वाह गरेको भए पनि जनताको जीवनमा आर्थिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  १० : ३० बजे

विश्वकप फुटबल: न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को