विवेकशीलको नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी « Khabarhub

विवेकशीलको नयाँ नेतृत्वका लागि तीन जना आकांक्षी


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले आकांक्षा व्यक्त गरेका छन्।

नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकाक्षा व्यक्त गरेका हुन्। तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन्। ‘अध्यक्षका लागि अहिलेसम्म तीन जनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो।

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित बिधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले सुनाए।  उनका अनुसार महाधिवेशन पछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ।

शुक्रबार सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

सो पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले ‘बिचार भन्दा माथि देश’ भन्ने फरक प्रतिवेदन पेस गरे पछि विवेकशील पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो। मिश्रका कारण राजनीतिक गतिविधि लगभग शून्यमा पुगेको सो पार्टीले महाधिवेशन गरेर नयाँ रूप लिन लागेको हो।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ३० बजे

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका

विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित