भ्रष्टचारविरुद्ध सरकार निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

भ्रष्टचारविरुद्ध सरकार निर्मम हुन्छ : प्रधानमन्त्री प्रचण्ड


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारविरुद्ध सरकार निर्मम हुने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं बार्षिकोत्सबलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्य योजना बनाई कामको थालनी भइसकेको जनाएका छन् ।

‘शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र, लगायत प्रशासनिक सेवामा सरलता, शीघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको छ। सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूमा सदाचारिता अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्य योजना बनाई कामको थालनी भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,  भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने कुरा समेत आजको यस महत्त्वपूर्ण अवसरमा दोहोर्‍याउन चाहन्छु।’

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : ५१ बजे

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई