गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो « Khabarhub

गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो ।

गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए ।

यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अङ्ग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ ।

यद्यपि गुगलका प्रयोगकर्तामाझ चीनसमर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज समूहले सेयर गर्ने ८० प्रतिशत भिडियोमा दर्शक सङ्ख्या १ सयभन्दा कम हुने गरेको गुगलले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : ०३ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय