सिरिन्ज आक्रमणमा फसेका पाठकलाई प्रहरीले छाड्यो सम्मानपूर्वक | Khabarhub Khabarhub

सिरिन्ज आक्रमणमा फसेका पाठकलाई प्रहरीले छाड्यो सम्मानपूर्वक


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेमा गत सोमबार हुँदै नभएको सिरिन्ज आक्रमणको घटनामा फसेका स्याङ्जा वालिङ नगरपालिका–१३ का ३४ वर्षीय शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले सम्मानपूर्वक छाडेको छ ।

धुलिखेल अस्पताल जाँदै गरेको अवस्थामा बसमा सवार एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै पाठकमाथि आरोप लगाइन् । ती महिलाले सिरिन्जको कुरा निकाल्ने वित्तिकै बसमा सवार यात्रुले पाठकमाथि हातपात गरे ।
उनले मेरो गल्ती छैन, मैले केही गरेको छैन भन्दा पनि त्यहाँ उनको आवाज सुन्ने कोही थिएनन् । तर, पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपश्चात घटनामा उनको संलग्नता नभएको पाइएपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक छाडेको हो । पाठकले काभ्रे प्रहरीसमक्ष आफूलाई निर्दोष साबित गराउन एक दिन पूरापूर संघर्ष गर्नुपर्‍यो। अन्ततः मंगलबार साँझ प्रहरीले उनलाई निर्दोष भन्दै ‘सम्मानपूर्वक’ छाडेको हो।

प्रहरीले सिरिन्ज प्रहार भए–नभएको यकिन गर्न ती युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो। अस्पतालले जाँच गरेर सिरिन्ज प्रहार नभएको यकिन गरेपछि प्रहरीले पाठकलाई सम्मानपूर्वक रिहा गरेको हो।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : १६ बजे

इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट